पु.समाचार

दायाँ बायाँ गर्ने मन्त्रीलाई सिधै बर्खास्त गर्छुः प्रधानमन्त्री

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिस्टम भन्दा दायाँ बायाँ गर्ने मन्त्रीहरुलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् ।

प्रशासन र राजनीतिबीचको अन्तरसम्वन्ध विषयक मन्त्री र सचिवहरुको अन्तरक्रियामा प्रचण्डले भने, ‘सरकार गठन गर्दै गर्दा मैले सत्तारुढ दलका नेताहरुसँग सहमति गरेको छु, मन्त्रीहरु प्रधानमन्त्रीप्रति जवाफदेही हुनुपर्छ, सिस्टमभन्दा दायाँ बाँया गर्नुभयो भने जो कोहीलाई बर्खास्त गर्छु ।’

उनले सचिवहरु पनि मुख्य सचिवप्रति जवाफदेही हुनु आग्रह गरे । ‘यहाँ मन्त्री र सचिव मिलेपछि जेजे गर्न पनि सकिन्छ भन्ने रहेछ’ उनले भने ‘अब त्यस्तो हुन दिन्न ।’