पु.समाचार

एमालेलाई जसरी पनि सहमतिमा ल्याउने मन्त्रीको दाबी

कञ्चनपुर ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले संविधान संशोधनको विषयमा एमाले पनि राजी भएर आफुहरुको सहयात्रामा आउने दाबी गरेका छन् । शनिबार नेपाल प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो दाबी गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री लेखकले संविधान संशोधनका विषयमा राजनीतिक सहमति खोज्न आफुहरु तयार रहेको बताए । उनले यो विषयमा आफुहरु छलफलको चरणमा रहेको बताउँदै संविधान संशोधनमा एमालेलाई मनाउन सकिने समेत स्पष्ट पारे । संविधान संशोधन जस्तो संवेदनशील विषय वार्ता र सहमतिका आधारमा अघि बढाउने आफुहरु प्रतिबद्ध रहेको समेत उनले स्पष्ट पारे ।