पु.समाचार

काठमाण्डौदेखि नेपाल–चीनबीचको नाका केरुङसम्म बस सेवा सुरु

काठमाण्डौ । शनिबारदेखि कठमाडौं-केरुङ डिलक्स बस सेवा सुरु भएको छ। काठमाडौं(केरुङ डिलक्स बस सेवा नामाकरण गरिएको नयाँ बससेवाअन्तर्गत रसुवाको स्याफ्रु, चिलिमेको थाम्पुचेत र कालिकास्थानका लागि प्रत्येक दिन कठमाडौँबाट एकरएकवटा बस छुट्ने समितिका अध्यक्ष किरणकुमर रिजालले बताए।
पहिलो चरणअन्तर्गत दैनिक १४ वटा डिलक्स बस रसुवाको थाम्पुचेत र नुवाकोटको विभिन्न भूभागमा सञ्चालन केरुङसम्म आउजाउ गर्ने र यात्रुको चापलाई ध्यान दिँदै आगामी दिनमा क्रमसः बस थपिदै लैजाने योजना रहेको छ।

रसुवागढी केरुङ नाका र यहाँ सञ्चालित विभिन्न आयोजनामा मानव चाप वृद्धि हुँदै गएका बेला थप बस सेवा सञ्चालनले यात्रामा सुविधा पुगेको समितिले जनाएको छ।

समितिका अनुसार यहाँ सञ्चालित डिलक्स बसमा सिट क्षमताभन्दा बढी यात्रु राखिने छैन । रासस