पु.समाचार

विजय गच्छदारको बढ्यो दौडधुप

काठमाडौं । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारको पछिल्लो समय निकै रफ्तारमा दौड धुप चलिरहेको छ । पछिल्लो समयमा पार्टीभित्र देखिदै गएको संकटसँगै पार्टीलाई फुटबाट जोगाउनका लागि आफूनिकट नेतालाई सक्रिय पार्ने कामलाई उनले तिब्र बनाएका हुन् ।

अध्यक्ष गच्छदारले एकलौटी ढंगले सरकारमा सहभागिता जनाउने निर्णय गरेको भन्दै असन्तुष्ट पक्ष पार्टी नै फुटाउन लागिपरेपछि उनी त्यसलाई विफल पार्ने प्रयासमा देखिएका छन् ।

असन्तुष्ट पक्षले नयाँ पार्टी गठन गर्ने भन्दै गोप्य भेला गरिरहेको छ । त्यसपछि गच्छदार आफू सरकारमा नगएपनि आरुलाई पठाउन लचिलो देखिएको उक्त पार्टीका एक नेताले बताए ।

भदौ ५ गदेदेखि एक साता बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उनले सरकारमा नजाने निर्णय गराएका थिए । असन्तुष्ट पक्षले गच्छदारले उपप्रधानमन्त्रीसहित मन्त्रालयमा माग गरेको र अरुलाई सरकारमा जान रोक्न खोजेको निष्कर्ष निकालेका थिए ।

उनीहरुले पार्टी फुटाएर भएपनि सरकारमा जाने तयारी थालेपछि गच्छदार त्यसलाई विफल पार्न सक्रिय रहेको स्रोतलाई उदृत गर्दै आइतबारको कारोबारमा समाचार लेखिएको छ ।