मनोरञ्जन

सेक्स भिडियो बनाएको आरोपमा मन्त्री पक्राउ

एजेन्सी । मुलुक हाँक्ने जिम्मेवारी पाएका व्यक्तिहरु नै विकृतिमा फसे त्यो मुलुकको भविष्य के होला ? त्यहाँका जनताले के सिक्लान ? कस्तो प्रगति र विकासको अपेक्षा गर्लान ?

यस्तै एउटा घटना घटेको भारत सरकारका एक मन्त्रीसँग जोडिएर । भारत सरकारबाट केही समयअघि सेक्स टेप सार्वजनिक प्रकरणमा बर्खास्त गरिएका एक मन्त्रीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । बर्खास्तमा परेका पूर्वमन्त्री सन्दीप कुमारलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

पूर्व मन्त्री कुमारलाई सोमबार अदालत पेश गर्ने तयारी छ । सन्दीप कुमार विरुद्ध जम्मा गरिएका प्रमाणको आधारमा उनलाई पक्राउ गरिएको दिल्ली प्रहरीले जनाएको छ । सन्दीपकुमार विरुद्ध एक महिलाले बलात्कार गरेको भन्दै दिल्लीको सुल्तानपुरी प्रहरी चौकीमा आरोप दर्ता गराएकी छन् । त्यसका आधारमा उनलाई मन्त्रीबाट बर्खास्थ र प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।