पु.समाचार

किन बोलाए गगन थापालाई प्रचण्डले सिंहदरबार ?

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्यमन्त्री गगनकुमार थापालाई सशस्त्र युद्धका क्रममा घाइते भएकाको निःशुल्क उपचार व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

सिंहदरबार बोलाएर प्रचण्डले घाइते उपचारको प्रक्रिया तत्काल थाल्न निर्देशन दिएका हुन् । प्रधानममन्त्रीको निजि सचिवालय स्रोतका अनुसार प्रचण्डले वीर अस्पतालका घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन मन्त्री थापालाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले यसअघि घाइते परिचयपत्र बनाउनबाट बञ्चित भएकाहरुको विवरण संकलन गरी परिचयपत्र वितरणका लागिसमेत निर्देशन दिए । जवाफमा मन्त्री थापाले घाइतेको उपचारका लागि कुनै कसर बाँकी नराखी काम गर्ने प्रतिबद्धता जनाएका थिए ।