पु.समाचार

नेपाल बन्दको घोषणा, दशैंको दिनमा समेत चक्काजाम

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले असोज २५ गते (विजया दशमीको दिन) देशव्यापी एक घण्टा चक्काजाम गर्ने भएको छ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्त खड्गबहादुर विश्वकर्माले दशैंको दिन चक्काजाम गर्ने र दशैं–तिहार पछि कात्तिक २८ गते नेपाल बन्द गर्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा फागुन १ गतेदेखि ७ गतेसम्म पार्टीको आठौं राष्ट्रिय महाधिवेशन गर्ने समेत जानकारी दिइएको छ । उक्त महाधिवेशनको उद्घाटन काठमाडौंको खुल्लामञ्चमा गरिने भएको छ । बन्दसत्र भने रोल्पाको थवाङमा गर्ने  विश्वकर्माले जानकारी दिए ।