समाचार

नाकाबन्दीको पाप भारतीय नेतालाई मृत्युपछि समेत लाग्ने

भारत– एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले ‘होल्ड’ गरेका ठूला परियोजना निर्माण नगर्ने भारतलाई फास्ट ट्रयाकमा आँखा नलगाउन सुझाव दिएका छन् ।

Yogesh-bhattarai

प्रवासी नेपाली संघ भारत, उत्तर प्रदेश राज्य समितिको आठौँ सम्मेलन भाग लिन भारतको लखनउ पुगेका सचिव भट्टराईले भारतीय सरकार र भारतीय कम्पनीले होल्ड गरेका पञ्चेश्वर परियोजना, माथिल्लो कर्णाली, अरुण तेश्रो, हुलाकी राजमार्ग लगायतको निर्माण गर्न नसक्दा समेत फास्ट ट्रयाकमा आँखा लगाएकोप्रति आश्चर्य व्यक्त गरे ।

गान्धी भवनमा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले भने, ‘भारतले होल्ड गरेका परियोजना नबनाउने अनि फेरी फास्ट–ट्रयाक लगायतका आयोजनामा किन आँखा लगाउने ?’

भट्टराईले भारतले नेपालमाथि नाकाबन्दी गर्नु एतिहासिक भूल भएको समेत बताउँदै भने, ‘नेपालमाथि लागाइएको नाकाबन्दीको भारतीय नेताले मृत्यु पछि पनि पाप पखाल्न सक्दैनन्। उनीहरुले पश्चाताप गरिरहनु पर्नेछ ।’