राजनीति

नेपाल हिन्दु राष्ट्र नै रहेको काँग्रेस सभापती देउवाको दाबी

सुर्यखबर सँबाददाता,

काठ्माण्डौ । संविधानमाले नै धर्म निरिपेक्ष राष्ट्र किटान गरी नेपाल धर्म निरिपेक्ष राष्ट्र घोषणा भैसकेको अवस्थामा सरकारको साझदारी दल तथा नेपाली काँग्रेसका सभापति शेरवबहादुर देउवाले नेपाल हिन्दु राष्ट्र नै रहेको दावी गरेका छन् । शुक्रबार  ललीतपूरमा आयोजित एक कार्यक्रममा सभापति देउवाले संविधानमा जुनसुकै कुरा लेखिएको भएपनि बहुमत नेपालीको मनवाट हिन्दु राष्ट्र नहटेको जिकिर गरेका छन् ।

हिन्दु धर्मको बिषयमा महामन्त्री डा.शशाक कोइरालाले पनि राखेपछि उनी निकै बिबादित बनेका थिए । उता पार्टिका प्रभावशाली केन्द्रीय सदस्य खुमवहादुर खड्काले नेपाल हिन्दु राष्ट हुनुपर्ने मागसहित राष्ट्रिय अभियान नै चलाएका छन, यस अवस्थामापनि पार्टीले स्पस्टीकरण समेत सोधेको छैन । उनको अभियानमा दर्जन बढी केन्द्रीय सदस्यहरुले साथदिएको बताइन्छ ।

धर्म निरपेक्ष राष्ट्र बनाउने वारेमा जनमत संग्रह हुनुपर्ने माग बारे साँसदमा प्रतिनिधित्व गर्ने चौथो ठूलो दल राप्रपा नेपालले बहस चलाई रहेको समयमा काँग्रसका नेताहरुले धर्मसम्बन्धी यस्तो बिचार आउनुले राष्ट्यि राजनीतिमा महत्वपूर्ण प्रभाब पर्ने देखिन्छ ।
हिन्दु राष्ट्र कायम गर्ने अभियानमा देशब्यापी रुपमा निस्किएका बालसन्त देवाचार्यले नेपाल कुनैपनि अवस्थामा हिन्दुराष्ट्रबिहीन बन्न नसक्ने जीकिर गर्दै नेपाललाई पूर्ण हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने र संबिधानमा नै सो ब्यबस्था गरी धर्मनिरपेक्षतालाई हटाउनुपर्नेमा जोड दिएका छन् ।

उनले ९० प्रतिशत भन्दा बढी हिन्दु धर्मालम्बी रहेको एकमात्र देशमा धर्मनिरपेक्ष लेखिनु नेपाली जनताको दुर्भाग्य भएको दाबी गरे । कार्यक्रममा भौतकि तथा यातायात मन्त्री समेत रहेका काँग्रेस नेता रमेश लेखक, एनपी साउद, डा.मिनेन्द्र रिजाल, राप्रपा लेपालका नेता टंक ढकाल, पुर्ब सचिब कृष्णहरी बाष्कोटा लगायतले नेपालमा हिन्दु राज्य कायम गरिनुपर्नेमा जोड दिएका थिए ।