राजनीति

कैलाली घटनाका दोषीलाई माफी दिन मिल्दैन – डा  कोईराला

लमजुँग ।
नेपाली काँग्रेसका प्रभाबशाली केन्द्रीय सदस्य डा.शेखर कोईरालाले कैलाली घट्नाका दोषीलाई उन्मुक्ती दिए मूलूक द्धन्दमा फस्ने दाबी गरेका छन् ।

कानून भन्दामाथी कोही नरहेको बताउँदै कोईरालाले कैलाली घटनाका दोषीहरूलाई कनैपनी हालतमा माफी दिन नमिल्ने प्रस्ट पारेका छन्।

जिल्ला भ्रमणका क्रममा लमजँुग पुगेका कोईरालाले केन्द्रमा गुटको काँग्रेस मात्र भेटिन थालेकोले आफू सच्चा र बास्तविक काँग्रेस खोज्न गाउँका कार्यकर्तासामु आएको बताएका छन्। १३औं महाधिवेसनपछि संस्थागतरूपले पार्टी भागबण्डा र गुटबन्दीमा प्रवेस गरेको बताउँदा गूटबन्दी र भागबण्डाको राजनीतिले आम कार्यकर्ताको शिर झुकेको जीकिर समेत गरेका छन्। गाउँ र दूरदराजमा बस्ने कार्यकर्ताको जगमा नेपाली काँग्रेस उभिएको स्मरण गर्दै डा कोईरालाले गाउँका कार्यकर्ताहरूको योगदानको कदर र मूल्यांकन नभएसम्म कसैगरी पनी पार्टी बलियो नहूने ठोकुवा समेत गरेका छन्।

पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले जनताका पक्षमा काम गर्न नसकेकोमा चिन्ता ब्यक्त गर्दै डा कोईरालाले सरकारमा काँग्रेस छ कि छैन भन्ने नै थाहा नभएको समेत बताएका छन्।
नेपाली काँग्रेस लमजूंग क्षेत्र नं-२ ले लमजुगंको बेसिशहरमा आयोजना गरेको गाउँ-नगर जागरण अभियानको शूभारम्भ गर्न पुगेका डा कोईरालाले स्थानीय निकाय पूनर्संरचना आयोगले दलीय खोल ओढेर ल्याएको प्रतिवेदनलाई कुनै पनि अवस्थामा मान्न नसकिने बिचार ब्यक्त गरेका छन्।
आयोगका पदाधिकारीहरूमा ईमान्दारिता नदेखिएको स्मरण गर्दै बरू मर्न तयार हुने तर आयोगको रिपोर्ट मान्न नसक्ने समेत बताएका छन्। हिमाल-पहाडमा भूगोल र जनसंख्या तथा तराई-मधेसमा जनसंख्या र भूगोललाई आधार मानेर गाउँपालिका निर्धारण गर्नुपर्ने कोईरालाको बिचार छ ।