राजनीति

काँग्रेसमा आन्तरीक दबाबका कारण पदाधिकारी तथा सदस्यहरुको मनोनयन दशैंपछि सर्यो

सुर्यखबर सँबाददाता,
काठ्माण्डौ । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले उपसभापती, महामन्त्री लगायतका पदहरु मनोनयन दशैंभित्र  गर्ने भनिएपनि आन्तरीक रुपमा नेताहरुलाईयबस्थापन गर्न नसक्दा दशैपछिलाई सारेका छन् ।

महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र सहमहामन्त्रीमा नेता मानबहादुर बिश्वकर्मालाई मनोनीत गरि उपसभापती लगायतका बाँकी पदहरु बिस्तारै मनोनयन गर्ने ईच्छा भएपनि आन्तरीक दबाबका कारण देउवाले दशै अगाडी कुनैपनि पदहरुमा मनोनयन गर्न नसक्ने काँग्रेस नेताहरु बताउछन् ।

उपसभापतीमा गृहमन्त्री तथा उपप्रधानमन्त्री बिमलेन्द्र निधिलाई मनोनीत गर्ने ईच्छा भएपनि पार्टीभित्र मन्त्री र पार्टीको उपसभापती दुबै दिन नहुने भनेर सभापती देउवालाई दबाब दिनेहरुको बाहुल्यताका कारण समेत मनोनयन सँकटमा परेको देउवा निकछ श्रोतको दाबी छ ।
यतीबेला सभापती देउवा कााग्रेसका तर्फबाट राज्यमन्त्री पठाउने गृहकार्यमा लागेको समेत बुझिएको छ ।

पौडेलपक्षले बिधानसम्बत् समयमा मनोनयन गर्न नसकेको आरोपमा सभापती देउवाको बिरोध गरिरहेको अवस्था ज्यूँका त्यूं भएका बेला आफ्नै पक्षबाट पनि दबाब आउनु मनोनयनका सभापती देउवाको अर्को अर्को टाउको दुखाईको बिषय भएको छ ।