पु.समाचार

सभापती देउवा र प्रधानमन्त्री दाहालले दशैंमा टीका लगाएनन्

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालले बडादसैँ पारिवारिक जमघटका साथ मनाएका छन् । प्रधानम्न्त्री दाहालले दसैँको टीका नलगाएपनि परिवार र आफन्तसँग बसेर सो चाड मनाएको प्रधानमन्त्रीका उपस्वकीय सचिव पूर्ण कार्कीले जानकारी दिए।

पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि यसपटकको दसैँको टीका लगाएनन्। सभापति देउवाका भतिजोको निधनका कारण टीका नलगाएको देउवाका सहयोगी भानु देउवाले बताए । रासस