पु.समाचार

लोकमानसिँह कार्कीलाई बर्खास्त गरी निश्कर्षमा पुग्न प्रा.गोबिन्द केसीको आग्रह

तुलसा खनाल,
काठ्माण्डौ । पटक पटक अस्पताल सुधार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिँह कार्कीको बर्खास्तगीको माग गरेर पटक पटक आमरण अनसन बसेका प्रा.डा. गोबिन्द केसीले साँसदमा दर्ता भएको महाअभियोग प्रस्ताबको समर्थन गरेका छन् ।

बिहीबार एक बिज्ञप्ती जारी गर्दै कार्कीलाई चाँडै बर्खास्तगी गरेर निश्कर्षमा पुग्न साँसदहरुलाई आग्रह गरेका छन् । यसका साथै आफ्ना अन्य मागहरु पनि रहेकोले त्यसतर्फ ध्यान दिन सम्बन्धित पक्षलाई आग्रह समेत गरेका छन् ।