ब्रेकिङ न्युज

रास्वपा पदाधिकारीको मतदान राति सवा ९ बजेदेखि, यस्तो छ कार्यतालिका

११ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पदाधिकारीका लागि आज राति ९:१५ बजेदेखि मतदान सुरु हुने भएको छ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिकाको पाँचौँ संशोधनसहित उक्त कार्यतालिका प्रकाशित गरेको हो ।

कार्यतालिकाअनुसार आज साँझ साढे ६ बजेदेखि ७ बजेसम्म पदाधिकारीका लागि फारम वितरण तथा दर्ता हुनेछ । त्यस्तै ७स्३० बजे उमेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित हुनेछ ।

त्यस्तै ८:४५ बजे अन्तिम नामावली प्रकाशित हुनेछ भने ८:४५ देखि ९:१५ सम्म मौन अवधि रहनेछ ।

त्यस्तै ९:१५ देखि १२:१५ सम्म मतदान हुने र शुक्रबार बिहान १:३० बजे परिणाम घोषणा हुने जनाइएको छ ।