समाचार

काँग्रेस नेतृले पार्टीको नाम बेचेर यस्तो धन्दा गरिन !

काठमाडौं । कांग्रेसकी एक नेतृले जापानमा ब्यवसाय गर्दैआएका कपिलदेव थापालाई प्रेमजालमा पारेर ३० करोड रुपैयाँ भन्दा बढी सम्पत्ति कब्जामा लिइसकेपछि झुटो आरोपमा प्रहरीमा थुनाएर जीवन नै बर्बाद पार्ने प्रयास गरेको ३ बर्ष बितिसकेपछि पुनः ३० लाख रुपैयाँ ठग्न सफल भएकी छिन् ।

मकवानपुरकी रिता खनालले थापासँग विवाह गर्छु भनी १० दसौं बर्षसम्म लिभिङ टुगेदरमा रहेर उनको नाममा भएका नेपालदेखि जापानसम्मका ब्यापार ब्यवसाय, घरजग्गा, स्कूल, कलेज, सामाजिक संघसंस्थाहरुदेखि बैंकमा रहेको करोडौं रकम सबै आफ्नो, आफ्ना पूर्वपतिबाट जन्मिएका सन्तान र दाजुभाइका नाममा ल्याउन सफल भइन् ।

थापाले पनि उनको प्रेमजालमा परी सबै सुम्पिए । तर पछि थापालाई झुटो आरोपमा जेल हालेपछि मात्र उनी छाँगाबाट खसेजस्तो भएका थिए । जुन बेला आफूसँग केही पनि नभएको उनी बताउँछन् । उनी भन्छन्, सम्पत्ति सबै गुमेको थियो, दाबी गर्ने कानुनी आधार थिएन ।

थापबााट सबै सम्पत्तिदेखि बैंकमा रहेको करोडौं रुपैयाँ रकम फुत्काएपछि खनालले काठमाडौं प्रहरी परिसरका तत्कालीन एसएसपी सुबोध घिमिरेसँग मिलेर प्रविधिको दुरुपयोग गर्दै झुटो एसएमएस पठाएको भनी विद्युतीय कारोबारमा मुद्दा चलाएर जेलमै सडाउन खोजिन् ।

तर परीक्षण गर्ने क्रममा उक्त एसएमएस थापाले पठाएको नखुलेपछि उनलाई छाडिएको थियो । ३० औं करोड रुपैयाँ गुमे पनि प्रमाणको अभावमा थापाले दाबी गर्ने आधार नभएपछि उनी विरक्तिएर जापान गएका थिए ।

थापाले नेपालमा मनकामना पावर नेटवर्क म्यानपावर खोलेका थिए । उक्त म्यानपावर पनि रिताले हडपेर आफ्नो भाइ रघु भनिने ताराप्रसाद खनालको नाममा गरिसकेकी थिइन् ।

विपत्तिमाथि विपत्ति आइलागेपछि मरता क्या नहीँ करता भनेझैं मनकामनाको जापानमा राम्रो छाप भएकाले रिताका भाइ तारालाई भनेजति कमिसन दिंदै थापाले कामदार कोटा पठाउने क्रम जारी नै राखे ।

ताराप्रसादले बीच बीचमा मेरो कम्पनी हो भन्दै धम्क्याउँदै कमिसन माग्ने गरे पनि सहेर प्रशिक्षार्थी कामदारको कोटा पठाएको थापा बताउँछन् । बीचमा ताराप्रसादले ३० लाख रुपैयाँ दिनुस्, म्यानपावर तपाईको नाममा गरिदिन्छु भनेपछि थापाले उक्त रकम दिए ।

पहिला रिताको प्रेमजालमा परेर ३० करोड भन्दा बढी गुमाएका थापाले ताराप्रसादलाई ३० लाख दिंदा कागज गरेका रहेछन् ।

तर ताराप्रसाद र रिता मिलेर उनीबाट ३० लाख लिएर पनि मनकामना पावर म्यानपावरको नाम परिवर्तन गरी अर्कै ब्यक्तिलाई बिक्री गर्ने काम गरेको खुलासा भएपछि थापा प्रहरीको शरणमा पुगे ।

थापासँग ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा ताराप्रसाद खनाललाई अपराध अनुसन्धान महाशाखाको टोलीले २०७३ कात्तिक २ गते पक्राउ गरेको छ ।

कपिलदेवबाट ३० लाख लिएर अर्कैलाई कम्पनी बिक्री गरेको आरोपमा पक्राउ परेका भाइ ताराप्रसादलाई छुटाउन रिता खनाल कांग्रेस नेताहरुकोमा धाउने गरेकी छिन् ।

आफू मात्र होइन, अरु महिला नेतृलाई समेत ठगी आरोपमा पक्राउ परेका भाइलाई छुटाउन दबाब दिन सोझा सिधा महिला नेतृहरुलाई प्रयोग गरिरहेको थापा बताउँछन् । दृष्टि न्युज डट्कम् बाट