आर्थिक

नेताहरुले जे जे बोले पनि पार्टीको निर्णय अन्तिम हुन्छ :  डा.रामशरण महत

रबिन्द्र यादव,

नवलपरासी । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले अहिलेकै अवस्थामा स्थानीय निर्वाचन गर्नु उपयुक्त हुने बताएका छन् ।

परासीमा नेपाली काँग्रेस नवलपरासीले गरेको कार्यकर्ता भेटघाटमा बोल्दै महतले नयाँ संरचना गर्दा विवाद बढ्ने भएकाले अहिलेको सन्दर्भमै चुनाव गर्नु उपयुक्त हुने विचार बिचार ब्यक्त गरेका हुन् ।
डा.महतले अख्तियार प्रमुख लोकमानसिंहविरुद्ध संसदमा पेस गरिएको महाभियोगप्रस्तावको निर्णयमा काँग्रेस न्यायाधीश भएर उभिने समेत काँग्रेसका प्रभाबशाली नेता समेत रहेका डा महतको भनाई छ । नेताहरुले आआफ्ना खाले बिचार राख्दै हिँडेपनि पार्टी निर्ण र्नै सबैका लागी मान्य हुने महतको टिप्पणी छ ।
मधेसको मुद्दालाई समाधान गर्न, संविधान संशोधन गर्नका लागि काँग्रेस र माओवादीको सरकार बने पनि प्रधानमन्त्री दाहालले काँग्रेसलाई बाइपास गरेर एकलौटी निर्णय गरेकोमा महतले दुःख समेत ब्यक्त गरेका छन् ।
जिल्ला सभापति विष्णु लामिछाने, केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेल, नेविसंघका पुर्व केन्द्रीय अध्यक्ष रन्जीत कर्ण लगायतले पनि आफ्नो बिचार राखेका थिए ।