राजनीति

प्रधानमन्त्रीद्वारा आफ्नै पार्टीबाट सहभागी मन्त्रीहरुको आलोचना

सुर्यखबर सँबाददाता,

काठ्माण्डौ । प्रधानमन्त्री पुष्पकमल दहालले आफ्नो निवास बालुवाटारमा माओबादी केन्द्रबाट सहभागी मन्त्रीहरुलाई बोलाएर सरकारमा सहभागी आफ्ना दलका मन्त्रीहरुले सन्तोषजनक काम गर्न नसकेको जनाएका छन् ।
माओबादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दहालले आफू दिनरात खटेर जनताका काम गरिरहेपनि मन्त्रीहरुले आफ्ना बिरुद्धमा उब्जिएका भ्रमहरुलाई जनतासम्म चिर्ने प्रयास सम्म नगरेकोमा आफ्ना मन्त्रीहरुसमक्ष रोष समेत प्रकट गरेका छन् ।
सकार गठन भएको एक सय दिन पुग्न लागेको अवस्थामा जनताले देख्नेगरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिदै मन्त्रीहरुलाई ब्यक्तीगत भन्दा सँस्थागत ढंगले चल्न आग्रह समेत गरेका छन् ।
उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरा र ऊर्जामन्त्री जनार्दन शर्मा बाहेकका माओबादी केन्द्रका मन्त्रीहरुमात्र सहभागी भएको उक्त बैठकमा प्रधानमन्त्री दहालले आफ्ना मन्त्रीहरुको आलोचना गर्नमै समय खर्च गरेको बताईएको छ ।