पु.समाचार

राष्ट्रपति भण्डारी मुखर्जीलाई बिदाई गर्न बिमानस्थल मै पुगिन् !

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी आफ्नो तीनदिने राजकीय भ्रमण पुरा गरी नयाँदिल्ली फर्किएका छन् । नयाँदिल्ली फर्किनुअघि अन्तर्राष्ट्रिय बिमानस्थलमा बिदाई गर्न राष्ट्रपति बिद्यादेबी भण्डारी लगायतका बिशिष्ट ब्यक्तीहरु पुगेका थिए ।

नेपाल भ्रमणमा आउदा समेत बिमान्स्थलमा स्वागत गर्न गएकी राष्ट्रपति भण्डारी बिदाई गर्न समेत जाँदा मुलुकको राष्ट्रपतिको गरिमा घटेको बिश्लेशकहरुको बुझाई छ ।
नेपाल बसाईका क्रममा भारतीय राष्ट्पति मुखर्जीले प्रधानमन्त्री पुष्पकमल दहाल, कााग्रस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका बिशिष्ट ब्यक्तीहरुसँग भेटघाट गरी सहमतीमा संबिधान सँसोधन गर्न सुझाब समेत दिएका थिए । ।
मुखर्जीले पशुपतिनाथ, जानकी मन्दीर लगायतमा पुजा समेत गरेर शुक्रबार अपरान्ह दिल्ली फर्किएका छन् ।