पु.समाचार

काँग्रेस सभापति देउवाद्वारा छठको शुभकामना !

सुर्यखबर सम्बाददाता, 

काठ्माण्डौ । नेपाली काँग्रेसले छठ् पर्बको अवशरमा शुत्रकामना अर्पण गरेको छ । देशभर छठ पर्ब मान्ने रुद्धालुहरुका लागी काँग्रेस सभापति शेरबहादुर देउवाले एक बिज्ञप्ती जारी गरि उक्त शुभकामना दिएका छन् । बिज्ञप्तीमा भनिएको छ ।

“नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले अति श्रद्धाका साथ सूर्य भगवानको आराधना गरेर मनाइने महत्वपूर्ण र पवित्र पर्व “छठ पर्व” का अवसरमा सम्पूर्ण तराईवासी दाजु–भाई तथा दिदी–बहिनीहरुमा सुख, शान्ति, समृद्धि र सफलताका लागि हार्दिक शुभकामना प्रकट गर्दछु ।
नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको मुलुक हो । यी प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ । हाम्रा यी सबै चाड–पर्वहरु हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहरहरु हुन् । यी चाड–पर्वहरुले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएका छन् ।

मुलुक यतिखेर इतिहासको एक महत्वपूर्ण मोडमा उभिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भई लोकतान्त्रिक आन्दोलन मार्फत प्राप्त उपलव्धीलाई कार्यान्वयन र संस्थागत गर्ने क्रममा हामी सबै प्रयत्नरत छौं । संविधानको कार्यान्वयनका लागि सबै आ–आफ्नो क्षेत्रबाट इमान्दार रहनु पर्दछ । नेपाललाई शान्त र समुन्नत नेपालमा रुपान्तरण गर्न आज हामी प्रत्येक नेपालीको काँधमा थप जिम्मेवारी आएको छ ।

लोकतान्त्रिक पद्धतिमा मात्र सबै धर्मको संरक्षण हुने भएकोले लोकतन्त्रको सम्वद्र्धन र संरक्षणमा सबैको सहयोग, सद्भाव र एकता आवश्यक रहेको छ । छठ जस्तो पवित्र धार्मिक पर्वले देश र जनता प्रतिको यो जिम्मेवारी वहन गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु र अति श्रद्धाका साथ मनाइने यो पर्वमा सम्पूर्ण दाजु–भाइ तथा दिदी–बहिनीहरुमा म पुनः हार्दिक शुभ–कामना व्यक्त गर्दछु ।”