पु.समाचार

कुनैपनि हालतमा तरुण दलको अधिवेशन हुने : बालकृष्ण खाँड

“नेपालको भूमि चीन र भारत बिरुद्ध प्रयोग हुदैन”

कृष्ण आचार्य
काठमाण्डौ । रक्षामन्त्री समेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले नेपालले भारत र चीन दुबै देशलाई एउटै आँखाले हेर्नेहुँदा नेपालमा दुबैदेशका बिरुद्धमा कुनैपनि गतिबिधि हुन नदिने बताएका छन् ।
आईतबार रिपोर्टस क्लबमा आयोजीत एक साक्षात्कारमा जनसंख्या र भूगोलको हिसाबले दुबै मुलुक बिशाल भएकोले भारत र चीन दुबै हाम्रोलागी महत्वपूर्ण छिमेकी मित्रवत राष्ट्र भएको बताएका छन् । चीन र भारतको बिकासका लागी पनि छिमेकी मुलुकहरुको बिकास र शान्ती महत्वपूर्ण हुने बताउदै नेपालले अन्य मुलुकहित चाहने हुँदा कुनैपनि मुलुक बिरुद्ध हुने कुनैपनि गतिबिधि आफ्नो भूमिमा गर्न नदिने दृढता ब्यक्त गरेका छन् ।
नेपाली सेनाले गणतन्त्र आएपछि आफ्नो भूमिका बदलेकोमा प्रशंसा गर्दै सेना राष्ट्रिय हित र रक्षाका लागी जिउज्यान दिन तयार भएको बताएका छन् ।
उक्त कार्यक्रममा सीमित स्रोत र साधनमात्र उपयोग गरेर प्रकृतिक प्रकोप नियन्त्रण, हिमाली तथा पहाडी क्षेत्रमा बाटो निर्माण गरि सेनाले सहरानीय काम गरेको समेत खुलासा गरेका छन् ।
मन्त्री खाँडले तीनवटै निकायको चुनाव गर्नुपर्ने आवश्यक्तालाई महशुस गर्दै संबिधानसँसोधनको लागी आवश्यक तयारी भईरहेको बताएका छन् ।
भारतीय राष्ट्रपति प्रणब मुखर्जी नेपाल भ्रमणमा आउनु मुलुकका लागी फलदायी भएको बिचार राख्दै आउदो २७ गतेबाट पोखरामा हुने तरुण दलको चौथो केन्द्रीय महाधिवेसन कुनैपनि हालतमा हुने जानकारी समेत दिएका छन् । तरुण दल महाधिवेसन आयोजक समितिका संयोजक समेत रहेका खाँडले उक्त अधिवेसन सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलको सहमतीमा हुने समेत बताएका छन् ।