पु.समाचार

पूर्बप्रधानमन्त्री शुसिल कोईराला फाउण्डेसनको अध्यक्षमा डा.कोईराला

कृष्ण आचार्य

काठ्माण्डौ । नेपाली कांग्रेसका महामन्त्री डा. शसाँक कोईरालाको अध्यक्षतामा पूर्ब प्रधानमन्त्ती एबम् पार्टी सभापति स्वर्गीय शुसिल कोईरालाको नाममा फउण्डेसन स्थापना गरिएको छ ।
अबिबाहित रहेर आफ्नो सम्पूर्ण जिबन नै राजनीतिमा सकृय रहनुभएका पूर्ब प्रधानमन्त्री स्व. कोईरालाले बीपी कोईरालाका पुत्र डा. शसाँकलाई छोरा सरह मान्ने गरेको काँग्रेसीहरु बताउछन् ।
पार्टी सभापति शेरबहादुर देउवा संरक्षक रहेको उक्त शुसिल कोईराला मेमोरियल फाउण्डेसनमा पुर्बमन्त्री एबम् काँग्रेस केन्द्रीय सदस्य बिचलेखा यादब, उद्योगमन्त्री एबम् काँग्रेस केन्द्रीय सदस्य नबिन्दराज जोसी, सिचाईमन्त्री एबम् काँग्रेस केन्द्रीय सदस्य दीपक गिरी, पूबमन्त्ती एबम् केन्द्रीय सदस्य एनपी साउद, नेता दिलबहादुर घर्ति, भारतका लागी नेपालका राजदुत दीपकुमार उपाध्याय लगायत सदस्यहरु रहेका छन् ।
फाउण्डेसनले बीपी कोईरलाको बिचारलाई समेत समेटेर जाने र केहि समयमा नै काम थाल्ने नेताहरुले बताएका छन् ।