अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन उमेर्द्वार डोनाल्ड ट्रम्प बिजयी नजिक (अपडेट)

सुर्यखबर सँबाददाता,

काठमाडौं । केहि समय अगाडी ५० राज्य मध्ये २८ राज्यमा आफ्नो पकड जमाएका अमेरिकाका राष्ट्रपतीय उमेर्द्वार डोनाल्ड ट्रम्पले हाल ४१ वटा राज्यमा अग्रता कायम गर्न सफल भईसकेका छन् ।

बिश्वभर ट्रम्पका समर्थकहरुल ट्रम्प विजयको नजिक पुगेकोमा खुसियाली मनाईरहेको सामाजीक सँजालमा रंगीएका ट्रम्पका समर्थनबाट समेत जान्न सकिन्छ । रिपब्लिकन उमेर्द्वार ट्रम्पले हार्ने सर्र्बेक्षण देखिएपनि परिणाम उल्टो आएको छ ।

कडा प्रतिश्पर्धा हुने र झिनो मतले डेमोक्रयाटिक उमेर्द्वार हिलारी क्लिन्टन बिजयी हुने सर्बेक्षणले देखाएको थियो ।

हालसम्म ट्रम्पले २ सय ४४ र हिलारीले २ सय ९ जितेको बीबीसीले बताएको छ ।
कडा स्वभाबका सफल ब्यावशायी समेत रहेका डानाल्ड ट्रम्पका बिरुद्धमा अमेरीकामा बस्ने नेपालीहरुले बिरोध गर्दै हिलारीलाई सघाएका थिए ।