काठमाडौं । अख्तियार दुरुपयोग अनुसंधान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिँह कार्कीले आफू नै संबैधानिक निकाय अख्तियारको प्रमुख आयुक्त रहेको दाबी गरेका छन् । मंगलबार सर्बोच्च अदालतमा उपस्थित भएर जवाफ पेश गर्ने क्रममा उनले आफू बहालवाला प्रमुख आयुक्त नै भएको उल्लेख गरेको बुधबारको कान्तिपूर दैनिकमा खखबर छ । आफूलाई पूर्बमुख्यसचिब मात्र भनिएकोमा कार्कीले गलत समेत भनेका छन् ।
“मेरो पदीय हैसियत विपक्षीले उल्लेख गरेजस्तो नेपाल सरकारको पूर्वमुख्य सचिव मात्रै नभइ संवैधानिक परिषदको सिफारिसमा सम्माननीय राष्ट्रपतिज्यूबाट नियुक्त अख्तियारकको बहालवाला प्रमुख आयुक्त हुँ,’ कार्कीले भनेका छन्,‘म सो पदमा २०७० वैशाख २५ गतेदेखि ६ वर्षका लागि नियुक्त भएको हुँ” कार्कीले भनेका छन् ।