पु.समाचार

संबिधान संसोधन पछिमात्र कार्यान्वयन हुने – बर्षमान पुनः

सुर्यखबर सम्बाददाता,
काठ्माण्डौ । पूर्ब अर्थमन्त्री समेत रहेका नेकपा माओबादी केन्द्रका नेता बर्षमान पुनः अनन्तले संबिधान सँसोधन काँग्रेस एमालेको मात्र नभएर राष्ट्रिय एजेण्डा भएकोले त्यसको लागी बिरोध नगर्न सबैलाई आग्रह गरेका छन् ।

सीमाङ्कन, भाषा, समावेशी प्रतिनिधित्व र नागरिकताका विषयमा छलफल गराउने र राष्ट्रिय हितमा आघात नपुग्ने गरी संशोधन गनै कार्यलाई प्रतिपक्षी दल एमालेले समेत साथ दिनुपर्ने धारण काठ्माण्डौमा आयोजना गरिएको कार्यक्रममा नेता पुनले राखेका छन् ।

साथै अहिलेको मूख्य चुनौती संबिधान कार्यान्वयन भएकोले असँतुष्ट पक्षहरुलाई समेटेर सहमतिमा संबिधान संसोधन गरिनुपर्ने जोड दिएका छन् ।