पु.समाचार

विरगंजलाई औद्योगीक शहर बनाउन पहल गर्ने बरिष्ठ नेता पौडेलको उद्घोष

कृष्ण आचार्य/विरगंज । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा हाल सम्म भएका उपलब्धिमा टेकेर थप उपलब्धिका बारेमा अगाडि छलफल चलाउनुपर्ने बताएका छन् ।

तरुण दलको पोखरा अधिवेसनबाट सिधै तराई मधेशको साताव्यापी अभियानका क्रममा विरगंज आइपुगेका पौडेलले विरगंज उद्योग बाण्ज्यि महासंघमा भएको छलफलमा संविधानसभाबाट संविधान जारी भएसंगै मुलुकमा धेरै उपलब्धि हात परेकाले ती उपलब्धिलाई जोगाउदै ती उपलब्धिका आधारमा थप उपलब्धी हासिल गर्न बहस र छलफल हुनुपर्ने बताएका छन् ।

rc-poudel

विरगंजमा आयोजीत उद्योग बाणीज्य महासंघका प्रतिनिधिहरुसँगको छलफलमा बरिष्ठ नेता पौडेलले उक्त बिचार ब्यक्त गरेका हुन् ।

पौडेलले विरगंजलाई औद्योगिक सहर बनाउनका लागि आफुले हरसंभव पहल गर्ने बचन समेत विरगंजबासीहरुलाई दिएका छन् । छलफल कार्यक्रममा उद्योगी व्यावसायीहरुले विरगंजका समस्याका बारेमा राखेका जीज्ञासा राखेका थिए भने संविधान संसोधनमा समेट्ने बिषयका बारेमा समेत बरिष्ठ नेता पौडललाई सुझाव दिएका थिए ।