आर्थिक

प्रभु बैंकको नयाँ साखा लुम्बिनीमा

सुर्यखबर सम्बाददाता,
रुपन्देही ।  प्रभु बैंकले आफ्नो नयाँ साखा कार्यालय स्थापना गरी रुपन्देहीको, लुम्बिनीमा सञ्चालनमा ल्याईएको छ । माननीय रक्षामन्त्री श्री बालकृष्ण खाँडज्यूले एक समारोहका विच उक्त शाखा कार्यालयको समुद्घाटन गरेका छन् । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये भैरहवा शाखा(साविक ग्राण्ड बैंक नेपाल लि.) कार्यालयलाई लुम्बिनीमा स्थानान्तरण गरिएको हो ।
यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुंदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।