समाचार

प्रत्येक ब्यक्ती शान्तिका बाहक हुनुपर्ने नेता ढकाल

सुर्यखबर सम्बाददाता, 

काठमाडौं । पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्रि एकनाथ ढकालले प्रत्यक ब्यक्ति शान्तिको बाहक बन्नु पर्ने बताएका छन् ।
एकीकृत उपभोक्ता संघ सुविधानगर र यु. पी. एफ. द्वारा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै पूर्व मन्त्रि ढकालले चरम ब्यक्तिबादनै सबैखाले समस्याको जड भयको बताउदै चिरस्थायी शान्तिको लागि निस्वार्थ भाबनाद्वारा प्रेरित सेबाको आबस्यक हुन्छ ढकालले भने ।

ढकाललेले शान्ति स्थापनाको लागि सार्बजनिक सोंच, सह(अस्तित्व, संबाद र नैतिक मूल्य मान्यताको अनुशरण आबस्यक रहेको उल्लेख गरे । कार्यक्रमका प्रमुख अतिथि ढकालले सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान गर्ने व्यक्तित्व हरुलाई शान्तिदूतको सम्मान समेत गरेका छन् ।