पु.समाचार

भोजपुर बजारमा आगलागिका कारण तीन घर नष्ट, बिहानसम्म नियन्त्रण नभए गाउ सखाप हुन सक्ने

सुर्यखबर सम्बाददाता,
भोजपुर । भोजपुरमा आगलागीका कारण अहिलेसम्म तीन घर डढेर नस्ट भएका छन् । नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीले एउटा दमकल र डोजर सहित आगो निभाउन प्रयास गरिएपनि आईतबार साँझबाट शुरु भएको आगलागि नियन्त्रणमा आएको छैन ।

आगलागी कसरी भयो प्रहरीले पत्ता लगाउन सकेको छैन भने नियन्त्रणका लागि बजारमा लागेको आगो नियन्त्रण प्रत्येक घरमा सिलिन्डर ग्याँस भएका कारण पड्कीने डरले सम्भब नभएको स्थानीयहरु बताउछन् ।

bhojpur-bazar

त्रसित मुद्रामा भएका भोजबपु बजारका बासिन्दा टुँडिखेलमा जम्मा भएका छन् भने आगलागी नियन्त्रणका लागि बिशेष पहल नगरे बिहन सम्म नै आगलागि हुने र अझ धेरै क्षती हुने बताईएको समाचारमाद्यमहरुले बताईररहेका छन् ।

 आगलागि नियन्त्रणको प्रयास भने सबै क्षेत्रबाट भईरहेको छ ।