समाचार

माध्यमिक स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

अर्घाखाँची । त्रिबेणी सहकारी संस्था सन्धिखर्क अर्घाखाँचीको ५ औँ वार्षिक अत्सवको अवसरमा आज माध्यमिक स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी लिला बहादुर राउतद्वारा उद्घाटन गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरुको सर्वागिण बिकासको लागि पठनपाठनको साथसाथै विभिन्न किसिमका खेलकुद, मनोरञ्जन साथै हाजिरीजवाफ संगै विभिन्न प्रतियोगिताहरुको उल्लेखनिय महत्व भएको चर्चा गर्दै माध्यमिक स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

सहभागी १६ विद्यालय मध्येवाट गौरी शंकर इङ्गलिस वोर्डिङ्ग स्कुल–सन्धिखर्क प्रथम साईज इङ्गलिस वोर्डिङ्ग स्कुल–डिर्भना द्वितीय अर्घाखाँची आवसिय माध्यमिक विद्यालय–सन्धिखक तृतीय, युवा वर्ष जनता रविचित्रा उ.मा.वि.–सन्धिखर्क र ज्ञान प्रकास मा.वि. सल्लीकोटले सान्त्वना स्थान हासिल गरेको थिए ।
कार्यक्रम सहकारी संस्था लि.का अध्यक्ष चन्द्र बन्जाडेको अध्यक्षता, कोषाध्यक्ष उत्तममणि मिश्रको स्वागत साथै सचिव तुल्सीराम खनालको संचालनका सम्पन्न भएको थियो ।