समाचार

राजधानी एक घण्टा अन्धकार, सिस्टम गएका कारण बत्ति गयो – प्राधिकरण

सुर्यखबर सम्बाददाता,

काठ्माण्डौ । नेपाल बिद्युत प्रधिकरणका प्रमुख कुलमान घिसिङले उपत्यकालाई लोडसेडिङमुक्त गर्ने जनाएका भएपनि आज सोमबार ५ बजेर ३३ मीनेटमा बत्ति गएको छ । बिजुलीबजार बिद्युत प्रधिकरणको सिस्टम आउट भएका कारण बत्ति गएको बिद्युत प्रधिकरणका कर्मचारी अच्युत केसीले सूर्यखबरलाई बताए ।
बत्ति लोडसेडिङ वा अन्य कारणले नभई सिस्टम आउट भएका कारण गएको हो, केसीले नो लाईटमा फोन गर्दा हाम्रा प्रतिनिधिलाई भने । बानेश्वर नो लाईटका कर्मचारी केसीका अनुसार उपत्यकामा कतैपनि बत्ति छैन, अबको एक घण्टामा आउछ ।