समाचार

काँग्रेस, एमाले र माओबादी केन्द्रको संबिधान संसोधनमा केन्द्रीत बैठक बालुवाटारमा जारी

सुर्यखबर संबाददाता,

काठ्माण्डौ । संबिधान संसोधन अगाडी बढाए त्यसको सशक्त प्रतिबाद गर्ने चेतावनी दिईरहेको नेकपा एमालेसंग नेपाली काँग्रेस र प्रधानमन्त्री पुष्पकमल दहालबीच छलफल चलिरहेको बताईएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा चलिरहेको उक्त छलफलमा सक्तापक्षबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री समेत रहेका बिमलेन्द्र निधि प्रधानमन्त्री पुपकमल दहाल छन् भने माओबादी केन्द्रबाट प्रधानमन्त्री समेत रहेका पुष्पकमल दहाल, उपप्रप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, नेता बर्षमान पुन, नारायनकाजी श्रेष्ठ, रामबहादुर थापा बादल रहेका छन् ।
आउदो १५ गते गर्न लागिएको संबिधान सँसोधनमा दबाब दिन एमालेलाई बोलाईएको अनुमान लगाईएकोउक्त बैठकमा नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता माधब नेपाल, नेताह सुवासचन्द्र नेम्वाङ, बामदेब गौतम रहेको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ ।
साँझ शुरु भएको बैठक केहि समय लम्बिन सक्ने बताईएको छ ।