राजनीति

प्रधानमन्त्रीले राखेको संबिधान संसोधन प्रश्ताब एमालेद्वारा ठाडै अस्वीकार, दलहरुबीच दुरी बढ्ने संकेत

सुर्यखबर सम्बाददाता,
काठ्माण्डौ । काँग्रेस, एमाले र माओबादी केन्द्रबीच संबिधान संसोधनका बिषयमा प्रधानमन्त्री निवास वालुवाटारमा भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री समेत रहेका माओबादी केनद्रका अध्यक्ष पुष्पकमल दहालले संबिधान संसोधन गर्न राखेको प्रस्ताब एमालेले ठाडै अस्वीकार गरेको हो ।

एमाले अध्यक्ष केपी ओली संबिधान सँसोधनका लागि पुष्पकमल दहालले प्रस्ताब गरेपछि शुरुमै कड्कीएका थिए । एमाले उपाध्यक्ष भीम रावलले संबिधान संसोधन प्रस्ताब ल्याए संसदमा दरो प्रतिबाद गर्ने मनस्थितिमा एमाले रहेको बताएका थिए ।

प्रधानमन्त्री दहालले बैठकमा संबिधान संसोधन प्रस्ताब राख्दा बामदेब गौतमले पनि उक्त प्रस्ताबको कडा बिरोधमा थिए, एमालेले शुरुमै बिरोध जनाएपछि काँग्रेस सभापति शेरबहादुर देउवाले बोल्नु नै नपरेको स्रोतको दाबी छ ।

गृहमन्त्री समेत रहेका काँग्रेस नेता बिमलेन्द्र निधिले भने मधेसी दलहरुसँग सहमती गरेर कुनैपनि हालतमा संबिधान सँसोधन गर्ने बैठकबाट निस्केपछि पत्रकारहरुलाई बताएका थिए ।

नागरीकता र सीमाकंनको बिषयमा संबिधान संसोधन गर्ने तयारीमा सत्ता पक्ष लागेको छ, त्यहि बिषयमा छलफल गर्न आजको बैठक प्रधानमन्त्रीले बोलाएका थिए ।