पु.समाचार

प्रादेशीक निर्बाचनमा केन्द्रीत हुने बेला आयो : रामचन्द्र पौडेल 

सुर्यखबर सम्बाददाता,
धनुषा । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले दलहरुबीचमा सहमति गरेर सबै तहको निर्बाचन गर्ने समय आएको बताएका छन् ।

तराईमा एकहप्ते भ्रमणको शिलशिलामा धनुषा आएका नेता पौडेलले प्रेशयूनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा अहिलेका उपलब्धि गुम्ने खतरा रहेकोले संबिधान कार्यान्वयनका लागि सबैनिकायको निर्बाचन अपहिार्य रहेको बिचार ब्यक्त गरेका छन् ।

सङ्घीयता, लोकतन्त्र एवम् समावेशिता जस्ता महत्वपूर्ण उपलब्धिलाई गुमाउने मूर्खता भएकोतिर संकेत गर्दै उनले संवादको माध्यमले संविधानको संशोधन र कार्यान्वयन गरी सङ्घीयता र गणतन्त्रलाई सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

राजनीतिक समस्याहरुको टुंगो लगाउन दलहरुबीचमा सहमति हुनुपर्नेतर्फ ध्यान दिदै प्रादेशीक चुनाब गर्न ढिला भईसकेको बताएका छन् । नेता पौडेल अझै केहिदिन तराई भ्रमणमा रहनेछन् ।