पु.समाचार

लालपुर्जा पाउन चौध वर्ष कुर्नुपर्ने !

अर्घाखाँची । चौध वर्षपछि लालपुर्जा पाउँदा धनचौर गाविसका बासिन्दा हर्षित भएका छन्।

धनचौर गाविसमा नापी कार्यालयले जग्गा नापजाँच गरी तयार पारेको एक हजार १७० जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो। स्थानीयवासीलाई प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले ती लालपुर्जा वितरण गरेका हुन्। सशस्त्र द्वन्द्वका समयमा नापी कार्यालयका सबै कागजपत्र जलेर नष्ट भएका थिए।
यस्तै नापी कार्यालयले फिल्डमै गएर पुनः नापी गर्न सुरु गरेको छ। जिल्लाको सबै ठाउँको पुनः नापी हुने र यस क्रममा सन्धिखर्क नगरपालिकामा डिजिटल प्रविधिबाट नापी गर्न थालिएको कार्यालयका प्रमुख मोहमद साबिर हुसैनले बताए। नक्सा नहुँदा १२ वर्षयता जिल्लामा जग्गा जमिनको कित्ताकाट रोकिएको बताइएको छ। रासस