समाचार

रामदेब बाबालाई उपेन्द्र महतोले नेपालीटोपीद्वारा स्वागत

सुर्यखबर सम्बाददाता,
काठमाडौं । भारतीय चर्चित योग गुरु रामदेव काठमाण्डौ आएका छन्, उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा एनआरएनका पूर्ब अध्यक्ष उपेन्द्र महतो, पतंजली योगपीठ नेपालका संयोजक शालीग्राम सिंह लगायतका बिशिष्ट ब्यक्तीहरु पुगेका थिए ।

स्वागतद्वारमा नेपाली टोपी र खादाले सजिएका रामदेबले बुद्धको पबित्र जन्मस्थानमा पाईला टेकेकोमा खुसी लागेको बताएका छन् ।

बिरगञ्जमा हुन लागेको योग शिविरमा भाग लिन नेपाल आएका गुरु रामदेब बाबा योगशिविर चलुन्जेल इच्छा होटल सिमरामा बस्नेछन् । ०७१ बैसाख १२ गते रामदेबले शिविर चलएकाबेला बिनासकारी भूकम्पले नेपालीहरुलाई त्रास दिएको घाउ अझै सेलाएको छैन ।
गोगको आवश्यक्ता बढ्दै जाँदा नेपालमा पनि बाबा रामदेबलाई मान्नेहरुको संख्या बढिरहेको छ ।