समाचार

बिकासनिर्माणका लागि गांउबासीह एकजुट हुनुपर्ने : पुर्बमन्त्री रायमाझी

सुर्य प्रसाद भुसाल
सन्धिखर्क । नेकपा माओबादि केन्द्र का नेता तथा उपप्रधानमन्त्री टोपबहादुर रायमाझी ले अर्घाखाँची बासिहरु एकजुट नभए सालझन्डि ढोरपाटन सडक अलपत्र पर्ने बताउनु भएको छ।

उहाले अर्घाखाँची को भबिस्य सग जोडिएको बाटो लाई निकास दिनका लागि सबै दल नागरिक समाज प्रसासन स्थानिय बजार बासिहरु गम्भीर भएर सोच्नु पर्ने बताउनु भएको छ।

नेता रायमाझीले साल्झन्डि देखि सन्धिखर्क सम्मको मोटर बाटो ले जिल्ला को बिकास तथा परेटन लाई ठुलो टेवा पुग्ने बताउनु भयो ।

बुटबल बाट गोरुसिङगे हुदै सन्धिखर्क आउन भन्दा साल्झन्डि बाट सन्धिखर्क आउदा २५ किलोमिटर नजिक पर्ने बताउदै यो बाटो लाई बिकासको रुपमा अगाडि बढाउनु पर्ने बताउदै बिबाद नगर्न आगरह गर्नु भयो ।

रायमाझीले सहमति सहकार्य एकताबाट जिल्ला को बिकाशले फड्को मार्ने बताउदै बिकाशका लागि राजनीतिक करण गर्ननहुनेमा रायमाझीले जोडदिनु भयो ।

रिपोटर्स क्लब अर्घाखाँची ले आयोजना गरेको बिबादित साल्झन्डि ढोरपाटन सडकको निकास बिषयक अन्तरक्रिया मा बोल्दै रायमाझीले बाटो लैजाने बिषयमा अबरोध नगर्न आग्रह गर्नु भयो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृस्न बहादुर कटुवालले सार्वजनिक जग्गा कसैले मिच्न नहुने बताउदै सार्वजनिक जग्गा मिच्न नदिने बताउनु भयो ।बि गत लामो समयदेखि सालझन्डि ढोरपाटन सडक को ट्रायक खोल्दा चुत्राबेसि बजारमा ठुलो क्षेति पुग्ने बताउदै स्थानिय बासिन्दाहरु आन्दोलित हुदै आएका छन् ।

स्थानीय बासिन्दाहरुले ढोरपाटन सडक लाई बजार भन्दा बाहिर बाट बाटो लैजानु पर्ने स्थानीय ले मागगरेका छन । बाटोमा चुत्रा बेसि देखि ब्यार रुप्दि बजार सम्म पर्ने बिभिन्न ठाउँमा स्थानीय बासिन्दा हरुले किनेका जग्गामा बाटो हाल्दा ठुलो क्षेति पुग्ने भन्दै बजारबाट कुनै हालतमा बाटो लैजान नदिने स्थानीय बासिन्दा ले भन्दै आएका छन ।

सङ्घर्स समितिका अध्यक्ष रामहरि भुसालले सडक बजारबाट कुनै हालतमा लैजान नहुने बताउदै जनता सबैभन्दा ठुलाहुन जनतालाई क्षेति पुग्ने गरि बाटो आफुहरुले लैजान नदिने बताउनु भयो ।

कार्यक्रममा बारएसोसियसन का अध्यक्ष केबि भुसालले जनतालाई आतङकित पार्ने गरि बाटो लैजान नहुने बताउदै बिकल्पमा जानु पर्ने बताउनु भयो ।

कार्यक्रममा बारका सचिब जगन्नाथ भुसालले सडक लैजादा जनताको सम्पत्ति सबै भन्दा कम क्षेति पुग्ने गरि लैजानु पर्ने बताउदै जनता लाई मर्का नपर्ने गरि अगाडि बढनु पर्नेमा जोड दिनु भयो ।सरोकार बाला गोबिन्द आचर्य स्याम भुसालले सडक लैजादा जनताको सम्पति मास्न नहुने बताउदै बाटो को बिकल्प खोज्न आग्रह गर्नु भयो ।

कार्यक्रममा पत्रकार माहासघका अध्यक्ष सोभाखर पन्थिले जनतालाई आतङकित पार्ने बिगतमा सार्वजनिक जग्गामा घर बनाउन दिने अहिले सार्वजनिक हो भनेर जनतालाई तर्साउने कार्य सरकार बाट भएको आरोप लगाउनु भयो । उहाले ईमानदारी ता का साथ राज्यले काम गरे बिबाद हुने अबस्था नआउने बताउनु भयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति बिस्नु प्रसाद खनाल मुस्कान ले यस बिबादको बिषयमा घनिभुत छलफल गरेर अगाडि बढनु पर्ने बताउदै जनताको पक्षमा आफुहरु जहिलेपनि रहेको बताउदै सहमति सहकार्य एकता बाट अगाडि बढने बताउनु भयो ।

कार्यक्रम मा नेकपा एमालेका सचिब राम बहादुर चौहान ले जनताका पक्षमा एमाले पाटि रहेको बताउदै जनताको आन्दोलन लाई सहयोग गर्ने बताउनु भय।

कार्यक्रम मा नेकपा माओबादि केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार बिकले बाटो लाई अनिणयको बन्दि बनाउन नहुने बताउदै छिटोभन्दा छिटोभन्दा दलिय सहमति गरेर बाटो लाई निकाश दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता सागर केसिले सार्वजनिक जग्गा खाने अधिकार कसैलाई नभएको बताउदै ढोरपाटनका बारेमा जनताको क्षेति पुराउन नहुनेमा जोडदिनु भयो ।

कार्यक्रममा नेकपा माओबादि बिप्लब समुहका नेता कुलराज बन्जाडेले बाटो लैजादा जनताको कमक्षेति हुने गरि काम गर्नु पर्ने बताउदै ठुलाबडाका सार्वजनिक जग्गा मिचिएको बारे नापि कार्यलय मौन रहेको आरोप लगाउनु भयो ।

कार्यक्रममा नयाँ सक्ति नेपालका अध्यक्ष खिमबहादुर बिकले जनताको क्षेति पुराएर बाटो लैजान नहुने बताउनु भयो ।कार्यक्रम रिपोटर्स क्लबका अध्यक्ष रामकुमार क्षेत्री को अध्यक्षता गणेश खनालको सन्चालनमा सम्पन्न भएको हो।

कार्यक्रममा बिषेस नापि कार्यलयका प्रमुख साहाबिर हुसेन ढोरपाटन सडका योजना प्रमुख सुरेस पौडेल लगायतले मन्तब्य राख्नु भएको थियोे ।