राजनीति

पाँच नम्बर प्रदेश टुक्र्याउने बिषयमा बिद्यार्थिको कडा आन्दोलन

सुर्यखबर सम्बाददाता,
बुटबल । पाँच नम्बर प्रदेशबाट पहाडि जिल्ला अलग्गाउने विषयमा चौतर्फी विरोध भएको छ । विभिन्न राजनितिक दल तथा संघ संस्थाहरुले विरोध प्रर्दशन गरिरहेका  हुन् ।
लुम्बिनी अञ्चलका विभिन्न जिल्ला तथा शहरहरुमा कार्यक्रम गरि लुम्बिनी अञ्चललार्इ टुक्राउन नहुने उनिहरुले बताएका छन् ।

बुटवलमा पनि आज विरोध प्रर्दशन भएको छ । बुटवल बहुमुखी क्याम्पस र सिद्धार्थ क्याम्पस बाट बिद्यार्थीहरूले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग्गाउन नहुने भन्दै विरोध गरेका हुन् ।

लुम्बिनी अञ्चलका ६ ओटा जिल्ला मध्ये पहाडी भागका जिल्लाबाट तराईका जिल्ला टुक्र्याउने कुरा आएपछि लुम्बिनी अञ्चललाई पाँच नम्बर प्रदेशमा नै कायम गर्न दबाब स्वरुप विरोध गरेका हुन् ।
विद्यार्थीहरूले बुटवलको बुटवल बहुमुखी क्याम्पस र सिद्धार्थ क्याम्पसबाट सुरू गरेको बिरोध प्रदर्शन पाल्पा बसपार्क लगाएतका स्थानको परिक्रमा पछि ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियोे ।

कुनै पनि हालतमा प्रदेश टुक्र्याउन नदिने र कसैले जबरजस्ती लाद्न खोजे कडा आन्दोलन गर्ने विद्यार्थीहरूको भनाइ थियो । बिद्यार्थिहरुले ५ नं.प्रदेश टुक्राउने षढ्यन्त्र गरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।