मनोरञ्जन

बिष्णुको रचनामा मिराको स्वर र नायक दिलीप रायमाझीको मोडलिंगमा “बहार” एल्बम् बजारमा

काठमाण्डौ । मिराले तीन वर्षदेखि संगीतकार प्रकाश गुरुङसग संगीत प्रशिक्षण लिइरहेकी छिन् । एल्बममा शिर शिर, कसम तिमै्, तिमी आयौ, हिंड्छु म, सानो एउटा कुराले लगाएतका गीतहरु संकलित छन् ।

एल्बमको मदन कृष्ण श्रेष्ठ ,प्रकाश गुरुङसग , किरण प्रधान, टिका भण्डारी, संगीता बैद्य, जगतमर्दन थापा, उतम केसी ,पाकिस्तान एम्बेस्सीका काउन्सिलर मुहम्मद अंमिर अबुजार लगायतका अतिथिद्वारा एल्बम बिमोचन गरिएको थियो ।

बिमोचनमा म्युजिक भिडियो समेत बिमोचन गरिएको थियो जसमा दिलिप रायमाझी र सम्पदा बॉनियाको अभिनय रहेको छ ।बि बि अनुरागी को कर्ण प्रीय संगीत सिर सिर सिर सिर हावा सँगै रबिन्द्र बरालको निर्देशन पेमा लामा को कोरियोग्राफी…….शिरशिर शिरशिर हावासँगै बग्दै आउने बाचा गर्दैछिन् गायिका मिरा कार्की ।

गायक प्रमोद खरेल र गायिका मिरा कार्कीको स्वरमा रहेको शिरशिर शिरशिर बोलको गीतमा संयोगान्त भावले मायाप्रेम बुन्न खोजिएको छ । लुकीलुकी मायाले भेट्ने कुरा र माया चोलीको तुनामा साँचेर राख्ने कुरालाई यथार्थ रुपमा सागरजस्तै स्वच्छ र कञ्चन रुपले प्रस्तुत गरिएको छ ।

गायिका मिरा कार्की नयाँ गायिका हुन् तर उनको नयाँपन भने भेटिँदैन । बीबी अनुरागीको संगीत र संगीत संयोजनमा तयार भएको यो गीतलाई विष्णु कार्कीले रचना गरेका हुन् ।