समाचार

लैंगिक हिह्साको बारेमा यसो भन्छन् सरोकारवालाहरु !

सुर्य प्रसाद भुसाल
अर्घाखाँची । घर शान्ति नै विश्व शान्तिको आधार दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज’ भन्ने नारासहित आजदेखि देशव्यापी रूपमा अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र राष्ट्रिय महिला आयोगको नेतृत्वमा सञ्चालन गरिने अभियानमा यस क्षेत्रमा क्रियाशील संस्थाहरूले १६ दिने अवधिमा महिला हिंसाविरुद्धका चेतनामूलक कार्यक्रम गर्ने तयारी गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसको रूपमा यो अभियान मनाउने निर्णय गरेको थियो । त्यसै समयदेखि नेपालसहित विश्वका थुप्रै मुलुकमा लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्न लागिएको हो ।

हरेक वर्ष नोभेम्बर २५ देखि १० डिसेम्बरसम्म १६ दिन लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्न विश्वव्यापी रूपमा विभिन्न क्रियाकलाप र कार्यक्रम आयोजना गरिन्छ । यसैबिच लैङ्गिक हिसां बिरुद्धको १६ दिने अभियानको अर्घाखाँचीमा बिभिन्न कार्यक्रमको आयोजना गरि समुद्घाटन गरिएको छ ।
महिला तथा बालबालिका कार्यालय अर्घाखाँची र जिल्लामा रहेको संबद्ध निकायहरुको संयुक्त आयोजनामा हिजो सदरमुकाम सन्धिखर्कमा भव्य य्राली निकालिएको छ ।

जिल्ला न्ययाधिस केशब प्रसाद बास्तोला, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल,स्थानिय बिकास अधिकारी प्रदिप पौडेल,प्रहरी नायब उपरिक्षक नव रत्न पौडेल, महिला विकास अधिकृत दिपा घिमिरे, जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत,महिला अधिकार कर्मी, विद्यार्थी र संचारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको य्रालीमा लैङ्गिक हिंसा रोक्न माग गर्दै नाराहरु लगाउँदै शान्ति बंगैचाबाट सुरु भएको य्राली मिडियाचोक, गुन्टेखोला, हललाइन, नयाँ बसपार्क, पाणिनि चोक र बैङ्करोड परिक्रमा गरि पूनःशान्ति बगैचामा पुगेर सभामा परिणत भएको थियो ।

सभामा मन्तव्य राख्दै बोल्ने बक्ताहरुले एक बर्षमा १६ दिन मात्र अभियान संचालन गरेर मात्र लैङ्गिक हिसां नरोकिने भन्दै ब्यबहारमा सकरात्मक परिबर्तन ल्याउनुपर्ने बताउनुभएको थियो ।

वक्ताहरुले बर्षमा ३६५ दिननै आ–आफ्नो घरबाट हिसांबिरुद्ध अभियान चलाउनुपर्ने धारणा ब्यक्त गर्दै अझैपनि समाजमा ब्याप्त रहेका कु–रिति र कु–संस्कृतिका कारण पनि गाउँ–गाउँमा लैङ्गिक हिसांले पर्सय पाउँदै आएकोले गाउँ–गाउँमा सचेतना अभियान संचालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

यस्तै कार्यक्रममा सहभागिहरुले म महिला हिंसा गर्दिन,गरेको पनि सहन्न र गरेको पाइएमा आवाज उठाउँछु भनि उल्लेख गरिएको सेतो ब्यानरमा हस्ताक्षर गरि प्रतिबद्धता समेत जनाउनुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति बिष्णुप्रसाद खनाल मुस्कान,नेकपा एमालेका सचिव राम बहादुर चौहान,नेकपा माओबादी केन्द्रका संयोजक ठाकुर कुमार बि.क.,राष्ट्रिय जनमोर्चाका सचिव गोपाल पौडेल लगायतको सहभागिता रहेको थियो ।