राजनीति

कमल थापा कार्डमा अल्झिए प्रधानमन्त्री दाहाल, एमालेबिनाको संबिधान संसोधन अपूरो हुने- डा . कोईराला

सुर्यखबर सम्बाददाता,
काठमाडौं । नेकपा एमलेका अध्यक्ष केपी ओली सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री बनिसकेका राप्रा नेपालका अध्यक्ष कमल थापालाई माओबादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधानमन्त्री बन्न अफर गरेको बताईएको छ ।

संबिधान संसोधनका लागि भएभरको बल प्रयोग गरेर लागेका प्रधानमन्त्रीलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथ नपाएपछि दुईतिहाई पुर्याउने बिकल्पको रुपमा राप्रपासंग समेत पार्टी एकता गरेर ३७ सीट पुर्याएको राप्रपालाई प्रधनमन्त्री दाहालले उपप्रधानमन्त्री दिएर फकाउने दाउमा रहेका छन् ।

भर्खरमात्र राप्रपा पशुपति शम्शेर राणासंग पार्टी एकीकरण भएकाबेला थापालेमात्र निर्णय गर्न नसक्ने भएकले उक्त प्रश्ताब पार्टीमा छलफलका लागि लगेर निर्णय गर्ने धारणा रहेको राप्रपा स्रोतको दाबी छ । सरकारको मुख्य घटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री दाहालले छलफल गरिसकेको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ ।

उपप्रधानसहित एक महत्वपूर्ण मन्त्रालय दिएर कमल थापालाई ल्याउने अनौपचारीक तयारीमा प्रधानमन्त्री दाहाल छन्, दुईतिहाई मत नै पुगेपनि संसदको दास्रो ठूलो दल नेकपा एमालेको सहमतिबिना संबिधान संसोधन प्रकृया अगाडि बढाउन नहुने काँग्रेस नेता डा. शेखर कोईरालाको धारणा छ ।