पु.समाचार

अनशनरत डा. गोबिन्द केसी र सरकारबीच सिंहदरबारमा वर्ता जारी

सुर्यखबर सम्बाददाता,

काठ्माण्डौ । बिभिन्न माग राराखी शिक्षण अस्पतालमा १४ दिनदेखि आमराण अनशन बसेका प्रा.डा. गोविन्द केसी र सरकारका प्रतिनिधिहरुबबीच सिंहदरबारमा वार्ता शुरु भएको छ ।

आईतबार बिहान ११ बजेबाट शिक्षा मन्त्रालयमा सुरु भएको उक्त बार्तामा सरकारी टोलीबाट स्वास्थय सचिव सनेन्द्रराज उप्रेती र शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ सहभागी छन् भने केसी पक्षबाट डाक्टर वाइपी सिंह, डाक्टरहरु सचित शर्मा, लिजन महर्जन, रञ्जन सापकोटा र जीवन क्षेत्री बीच वार्ता चलिरहेको छ ।

शनिबारमात्रै नेपाल चिकित्शक संघले डा. केसीको जीबन रक्षाको माग राखी कडा आन्दोलन गर्ने चेतावनी दिएपछि शिक्षामन्त्री धनीराम पौडेलले वार्ता समिति गठन गरेपश्चात आईतबार बार्ता शुरु भएको छ ।

पछिल्लो अनशनभन्दा अगाडि ८ औं पटक डा.केसी अनशन बसिसकेका छन् ।