राजनीति

एमाले नेता भीम रावलद्वारा लेण्डुप हुन खोजेको भन्दै गृहमन्त्री निधिको राजीनामा !

सुर्यखबर संबाददाता,
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले गृहमन्त्री बिमलेन्द्र निधिको राजीनामा मागेका छन् । उनले गृहमन्त्रीले एमालेलाई लेण्डुपको पथमा गएका कारण राजीनामा दिएर घ गए हुने बताएका हुन् ।
रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा बोल्दै सरकारलाई एमालेको सहमतिबिना चुनाव गरेर देखाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनौती समेत दिएका छन् ।

एमालेले महेन्द्रले चालेको कदमको बिरोध गेको स्मरण गराउदै निधिले होस गुमाएको भन्दै आक्रोस समेत पोखेका छन् । संबिधान संसोधनको खाका भारतमा बनेको दाबी गर्दै पुर्ब गृहमन्त्री समेत रहेका रावलले संबिधान संसोधन नेपाल र नेपालीको हितमा नहुने दाबी गरेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले केहि दिन अगाडि नै संबिधान संसोधनका गर्न नदिने एमालेको नीति अनुसार नै आफूहरुले संबिधान संसोधन गर्न नदिने एमाले नेता रावलको भनाई थियो ।