राजनीति

मूख्य दलहरुको सहमति बिना संबिधान संसोधन असंभब – बरिष्ठ नेता पौडेल

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख ठूला दलहरुको सहमति बेगर संबिधान संसोधनको प्रंस्ताब संसदमा लान नहुने बताएका छन् ।

केहि दिनको जापान भ्रमणमा निस्कनु अगाडि पौडेलले पाँच ५ नं. प्रदेशलाई टुक्राउनुभन्दा अगाडि उक्त क्षेत्रका नेताहरुको सुभाब लिएर मात्र निर्णय गनुपर्ने जिकिर गर्दै आफूले संबिधान संसोधन गर्दा मुख्य दलहरुको सहमतिबिना संबिधान संसोधन गरिए दुर्भाग्य हुने आफ्नै पार्टीका नेताहरुलाई समेत भनेको बताएका छन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई र आफ्ना पार्टीका नेताहरुलाई पनि सुभाब दिईसकेको हुँदा उक्त घातक निर्णय नगर्न अनुरोध गरेका छन् ।

संबिधान सबैले मान्नुपर्ने बिचार ब्यक्त गर्दै मधेसी दलहरुलाई पनि संबिधान स्विकार गर्न आग्रह गरेका छन् ।
आईतबार दर्ता गर्ने भनिएको संबिधान संसोधन बिबादका कारण प्रश्ताव दर्ता हुन सकेन ।