राजनीति

नेविसंघको बैठकमा राखियो यस्तो माग, उठ्यो उमेर हदको विषय

काठमाण्डौ । नेपाल विद्यार्थी संघको संगठन सञ्चालनसम्बन्धी नियमावलीबारे सोमबार छलफल भयो ।  सङ्घको सोमबार नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको प्रशिक्षण बैठकमा नेविसङ्घ निर्देशन समितिका संयोजक डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य प्रदीप पौडेलसहितको सहभागितामा नियमावलीलाई पारित गराउने ध्येयका साथ छलफल चलाइएको थियो ।

यस्तै, बैठकमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन चाँडो गराउन सदस्यले माग गरेको सङ्घकी उपाध्यक्ष उर्मिला थपलियाले जानकारी दिइन् । उनका अनुसार स्ववियु निर्वाचनमा उमेर हद लगाउनेरनलगाउने भन्ने बारेमा बहस चलिरहेको बेला नेविसङ्घमा भने उमेर हद लगाउन नहुनेबारे धेरै सदस्यले धारणा राखेका छन् ।

यस्तै, नेविसङ्घमा विवाद रहेका ११ जिल्लाको निर्वाचन, केन्द्रीय निर्वाचनपछि खाली रहेका १० जिल्लाको निर्वाचन र उपत्यकाका अधिकांश क्याम्पसको पनि निर्वाचन यथाशक्य चाँडो गराउन सदस्यले दबाब दिएको बुझिएको छ ।