खेलकुद

ढाका लाग्यो ब्याडमिन्टन टोली

काठमाण्डौ । बंगलादेश जुनियर इन्टरनेसनल सिरिजमा सहभागी हुन नेपाली ब्याडमिन्टन टोली शुक्रबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । डिसेम्बर १२ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा ५ पुरुष र २ महिला गरी ७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषमा नवीन श्रेष्ठ, सुनील जोशी, रुकेश महर्जन, गौतम कठायत र नीरविक्रम देवकोटो रहेका छन् । महिलामा रसिला महर्जन र रञ्जना भट्ट छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य वीरेन्द्र श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।