समाचार

काभ्रेको नासिकास्थानमा ट्रिपरले टाटासुमोलाई ठक्कर दियो, २ जनाको मृत्यु, ८ जना घाइते

तस्वीरः देवराज केसीको फेसबुकबाट

बनेपा । आइतबार बिहान अरनिको राजमार्ग अन्तर्गत काभ्रेको नासिकास्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । घटनामा मोरङ मधुवनका मदन श्रेष्ठ र अर्का एकजनाको मृत्यु भएको हो । झापाबाट काठमाण्डौ गइरकोे मे १ ज २१९१ नम्बरको टाटासुमो र विपरित दिशाबाट आइरहेको बा ४ ख ३५५६ नम्बरको टिपर एक आपसमा ठोक्किएर सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनामा मृत्यु भएका अर्का एकजनाको भने पहिचान खुलिसकेको जनाइएको छ । दुर्घटनामा अन्य आठ जना घाइते भएका छन् । घाइतेहरुको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भैरहेको बताइएको छ । दुर्घटनापछि ट्रिपर चालक भने फरार रहेको प्रहरीको भनाई छ ।