काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन विद्येयकको सवालमा फेरि पनि कडा अडान दोहोर्याएका छन् । प्रधानमन्त्री निवास बालुवाटार शनिबार साँझ मधेसी मोर्चाका नेताहरुसँगको छलफलका क्रममा उनीहरुले सो अडान राखेका हुन् ।
संसदमा दर्ता भएको संशोधन विद्येयक कुनै हालतमा फिर्ता नहुने बताउँदै उनीहरुले मधेसी मोर्चाका नेताहरुलाई सरकार मधेस समस्या समाधान गर्न गम्भीर रहेको स्पष्ट पारेका थिए ।
मधेसी मोर्चाका नेताहरुले सरकारले संशोधन विद्येयकलाई त्यतिकै छाडेर चुनावको तयारीमा लागेको आशंकासहितको जिज्ञासा प्रधानमन्त्री दाहाल र देउवासँग राखेका थिए । प्रधानमन्त्री दाहाल र सभापति देउवाले संशोधन विद्येयक कुनैपनि हालतमा फिर्ता लिने वा थाती राख्ने काम नहुने भन्दै मोर्चाका नेतालाई आश्वस्त तुल्याएका थिए ।
सो बैठकले प्रमुख प्रतिपक्षी दल एमालेसँग समस्या समाधानका लागि वार्ता गर्ने निर्णय समेत गरेको श्रोतले बताएको छ । एमालेले भने कुनै पनि हालतमा संविधान संशोधनको विद्येयक फिर्ता लिनुपर्ने अडान राख्दै आएको छ ।