अन्तर्राष्ट्रिय

सिरियाली राष्ट्रपतिका लागि ठूलो जित

एजेन्सी– सिरियाली सेनाले अलेप्पो शहरलाई पूर्ण रुपमा नियन्त्रणमा लिएको छ । विद्रोहीको नियन्त्रणमा रहेको अलेप्पोका बाँकी भागबाट विद्रोही लडाकुहरु अन्यत्र गएपछि अब सो सहर पूर्ण रुपमा नियन्त्रणमा आएको सिरियाली सेनाले जनाएको हो ।

सहर नियन्त्रणमा आएलगत्तै सिरियाली सेनाले एक विज्ञप्ति जारी गर्दै अलेप्पोमा आफुहरुले सुरक्षा व्यवस्था कायम गरेको र विद्रोहीका लागि पछिल्लोपटक निकै ठूलो धक्का लागेको समेत बताएको छ । त्यहाँका राष्ट्रपति बसर अल असदका लागि सिरियामा सन् २०११ म गृहयुद्ध सुरु भएयताकै यो ठूलो विजय भएको बीबीसीले जनाएको छ ।