राजनीति

स्थानिय निकायका निर्बाचन तत्काल घोषणा गर्न नेपाली कांग्रेसको माग

सुर्यखबर सम्बाददाता,

काठमाडौं । आईतबार संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको पदाधिकार, पूर्बपदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सिँहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले तत्काल सरकारलाई स्थानिय निकायको निर्बाचन घोषणा गर्न माग गरेको छ ।

एमालेले समेत निर्बाचनको माग गरिरहेको अवस्थामा उक्र मागलाई पुरा गरेजस्तो पनि हुने र अहिलेको मुलुकको आवश्ययक्ता पनि त्यहि भएको बिचार ब्यक्त गरेका छन् । उनीहरुले प्रमुख राजनीतिक दलहरुको सहमतीमा निर्बाचनको मिति तोकिदा मुलुकमा एकप्रकारको निर्बाचनमय वातावरण् तयार हुने र एमालेपनि संसद खुलाउन बाध्य हुने बिचार नेताहरुले राखेको कााग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

संसदको अबरोध खोल्न तत्काल प्रतिपक्षी दल एमालेसंग वार्ता गर्न आग्रह गर्दै, एमालेको लिँडेढिँपीले निर्बाचन समयमा हुन नसक्ने अवस्था आएको बताएका थिए । एमालेसँग राजनीतिक वार्ता गरी समस्याको समाधान गरिनुपर्ने नेताहरुको तर्क छ ।

मधेसलाई मनाउनको लागि समेत तत्काल निर्बाचनको मिति घोषणा गरिनुपर्ने नेता पौडेलको बिचार छ । पार्टीको आधिकारीक धारणा अनुसार अहिलेकै संरचनामा निर्बाचन गर्ने र पुनंसँरचना आयोगलाई काम गर्ने समय थपेर वैज्ञानिक ढंगले पुनसंरचना गर्दै जानु राम्रो हुने उनको धारणा छ ।

बैठकमा केन्द्रीय सदस्य रामशरण महत, रमेश लेखकले पनि आफ्नो धारणा राखेका थिए । बोल्ने क्रम यथावत रहेकोले पुनः सोमबारका लागि बैठक डाकिएको छ । सोमबारको बैठकले पार्टीको आधिकारीक धारणा तय गर्न सक्ने अनुमान राननीतिक बृतमा लगाईएको छ ।