मनोरञ्जन

‘कंगाल करोडपति’मा मुकुन भुषाल

१२ असार, काठमाडौं । चलचित्र ‘कंगाल करोडपति’को प्रमुख भूमिकामा अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन् ।

प्रविन आचार्यको प्रस्तुतिमा निर्माण हुने यो चलचित्रको निर्देशन राजु श्रेष्ठले गर्नेछन् । चलचित्रका लेखक सुमन गजमेर हुन् ।

चलचित्रको निर्माता अनिलकुमार बुढाथोकी छन् । सहनिर्मातामा छिरिङ तामाङ रहेका छन् । रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा आबद्ध छन् ।